logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • काठमाडौँ उपत्यकामा चिसो बढ्दो, तापक्रम ६ डिग्री सेल्सियस

    काठमाडौँ उपत्यकामा चिसो बढ्दो, तापक्रम ६ डिग्री सेल्सियस

    3K
    Shares
    काठमाडौँ उपत्यकामा चिसो बढ्दो, तापक्रम ६ डिग्री सेल्सियस

    काठमाडौँ । आइतबार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ह्वात्तै घटेर ६ डिग्री सेल्सियसमा झर्‍यो । यो साता ११ डिग्रीमा रहेको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियसले घट्दा अत्यधिक चिसो बढेको छ । आइतबार बिहान जुम्लाको तापक्रम माइनस ४.५ डिग्री सेल्सियस रहेकोसँगै काठमाडौँ उपत्यका सहित सहित देशभर चिसो बढेको छ ।

    दिउँसो घाम लागे पनि बिहान र बेलुकाको समयमा अत्यधिक चिसो महसुस हुने गरेको छ । मौसम पूर्वानुमान महाशाखाका तथ्याङकनुसार तापक्रम घट्दै जाने भएकाले थप चिसो बढ्ने जनाएको छ ।

    महाशाखाका अनुसार देशका तराई, पहाड र हिमाली क्षेत्रमा हुस्सु र कुहिरो लाग्न थालेको छ । यो सँगै चिसो पनि बढ्दै जाने भएकाले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend