logo

२०८१ असोज ५ शनिबार

logo
  • शनिबार, ५ असोज २०८१
  • महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्छः मन्त्री रेग्मी

    महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्छः मन्त्री रेग्मी

    1.4K
    Shares
    महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्छः मन्त्री रेग्मी

    काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी छन् । आईतवार नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यस्थलमा हुने लैंगिक हिंसा र न्युनिकरणका उपाय विषयक अन्तरक्रियामा बोल्दै मन्त्री रेग्मीले महिला हिंसा बिरुद्धको अभियान सडकबाट शुरु गर्नुपर्ने बताएकी हुन् ।

    अभियानको रुपमा बन्द कोठाभित्र कार्यक्रम गर्दा प्रभावकारी हुन नसकेको भन्दै उहाँले समाजलाई महिला हिंसाको सम्बन्धमा सचेत गराउनका लागि सडक र गाउँ–गाउँमा अभियान लिएर जानुपर्ने बताइन् । उनले महिला हिंसा गाउँघरमा मात्रै नभइ शहरी क्षेत्रमा पनि उत्तिकै भएको बताइन् । मन्त्री रेग्मीले समाजलाई सचेत नगराइ महिला हिंसाको अन्त्य नहुने बताइन् । उनले राजनीतिक दलहरुले पनि महिला हिंसाको बिरुद्धमा अभियान नै सञ्चालन गर्नुपर्ने उल्लेख गरिन् । राजनीतिक दलहरुले घोषणापत्रमा लेखेर र भाषण गरेर मात्रै नपुग्ने उनको भनाई छ ।

    उनले भनिन्– ‘यो समाजलाई सचेत नगरीकन महिला हिंसाको सरकारले गरेर मात्रै पनि भएन । समाजलाई पूरै सचेत गराउनको लागि अभियान गर्नुप¥यो । अब कार्यक्रम होइन । महिला हिंसा बिरुद्धको कोठाभित्रको कार्यक्रम होइन अभियानको रुपमा लैजानुप¥यो । शहरी क्षेत्रमा पनि छ महिला हिंसा । शहरी क्षेत्रमा पनि छ । जति पढेलेखेको भएपनि हिंसा भएकै छ । त्यसैले दूरदराजको कुरा मात्रै होइन । जान्ने, सुन्ने उच्च ओहोदा भएको ठाउँमा पनि हिंसा भएकै छ । हामीले अब अभियानको रुपमा सडकमा गर्ने हो कार्यक्रम । अब कोठाभित्र कार्यक्रम गरेर हुँदैन । सडकमा हिंसा बिरुद्धको अभियानको रुपमा सडक नाटक होस् । अथवा ब्यानर, माइक लिएर बाजागाजा लिएर सडकको कामसम्म पु¥याउनुपर्ने अवस्था छ । कानून हुँदाहुँदै पनि अपराधीले हातमा कानून लिएर अपराध गरिरहेको छ । त्यसैले हामी सबै सचेत हौँ । समाजलाई सचेत नगराइकन यो हिंसाको अन्त्य हुँदैन । राजनीतिक दलले अभियानको रुपमा लिनैपर्छ । घोषणापत्रमा मात्रै लेखेर पुग्दैन । भाषण गर्दा मात्र भनेर पुग्दैन । अभियानको रुपमा राजनीतिक दलले यो समस्यालाई लिएको खण्डमा मात्रै न्युनिकरण हुनसक्छ । समाज, राजनीतिक दल सबैलाई समेत गराऔँ ।’

    मन्त्री रेग्मीले महिला हिंसा महिलाको मात्र समस्या नभई समाज, राजनीतिक दल र सिङ्गो राष्ट्रको समस्या भएको बताइन् । घर, राजनीतिक दल र राज्यसत्ता सबैतिर महिला हिंसा हुने गरेको उनले बताइन् । उनले महिला हिंसाको समस्या समाधानका लागि सबैले सामुहिक प्रयास गर्नुपर्नेमा उनले जोड दिइन् । उनले भनिन् – ‘महिला हिंसा महिलाको मात्रै समस्या होइन । त्यसरी बुझ्नु हुँदैन । महिला हिंसा भनेको मुलुकको समस्या हो । समाज, राजनीतिक दल सबैको समस्या हो । महिला हिंसा बिरुद्धको अभियान भन्ने महिला–महिला भेला हुने, छलफल गर्ने, महिला हिंसा छ भन्ने । त्यसले परिणाम निकालेन । अब यसको मोडालिटीमा परिवर्तन गर्नुपर्छ । हिंसाको जरो घरभित्र छ । घरभित्र महिला सुरक्षित छैन । समाजमा महिला हिंसा छ । राजनीतिक दलमा महिला हिंसा छ । राज्यसत्तामा छ । कार्यस्थलमा छ । हर ठाउँमा महिला हिंसा छ । त्यसकारणले यो समस्या महिलाले मात्र समाधान गर्न सक्दैन । राज्यले मात्रै पनि समस्या समाधान गर्न सक्दैन । सबै सरोकारवाला घरभित्र चुल्हो चौकोदेखि समाजसम्म । नागरिक समाजदेखि राजनीतिक दलसम्म, राज्यसत्तासम्म, सरकारसम्म सबै लाग्न सक्यौँ भनेमात्र महिला हिंसा अन्त्य हुन्छ । न्युनिकरण हुन्छ ।’

    उनले ९५ प्रतिशत घरमा कुनै न कुनै रुपमा महिला हिंसा हुने गरेको बताइन् । महिला हिंसाको सम्बन्धमा प्रशस्त कानून भएपनि कानून कार्यान्वयनको पक्ष भने फितलो हुने गरेको उनको भनाई छ । मन्त्री रेग्मीले कानूनलाई कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताइन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend