logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा १० प्रतिशतसम्मको छुट

    सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा १० प्रतिशतसम्मको छुट

    1.6K
    Shares
    सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा १० प्रतिशतसम्मको छुट

    काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेड र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडबीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजयसिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेमप्रकाश थापाले हस्ताक्षर गरे ।

    उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्धार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ, क्यूआरमार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

    यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend