काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कामचलाउ सरकारले ल्याउन खोजेको अध्यादेश गलत भएको टिप्पणी गरेका छन् । कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अध्यादेश जारी गरेपछि महामन्त्री शर्माले ट्विट गर्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।
महामन्त्री शर्मालेले ट्विटमा लेखेका छन्, ‘‘सडकमा छँदा जे सत्य, संसद्मा पनि त्यही नै सत्य, त्यसैले सार्वजनिक दर्जा होस् असहमति । संक्रमणकालमा अध्यादेश ल्याउन दलहरूबिच र आफ्नै दलभित्र घनिभूत छलफलको हेक्का नराखिनु सम्पूर्ण रूपले गलत ! कानुनी र राजनैतिक प्रश्न मात्र होइन, यो प्रकरणमा नैतिक प्रश्न पनि जोडिएको छ ।”