काठमाडौं । जाजरकोटमा जीप दुर्घटनामा हुँदा ८ जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका ४ भीरबाटी भन्ने ठाँउमा जीप दुर्घटना भएको हो।
छेडागाड नगरपालिका–४ खातिजेवाबाट वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको हो ।
कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा आफैँ अनियन्त्रित भएर २०० मिटर तल खसेको छ । घटनको विस्तृत विवरण आउन बाँकी छ। मृतकको सनाखत हुन सकेकाे छैन । जीपमा कतिजना सवार थिए भन्ने पनि खुलेको छैन ।