logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रसुति सेवा सहजताका लागि वडालाई भवन हस्तान्तरण

    प्रसुति सेवा सहजताका लागि वडालाई भवन हस्तान्तरण

    1.3K
    Shares
    प्रसुति सेवा सहजताका लागि वडालाई भवन हस्तान्तरण

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –७ काठुगणेशस्थित नेपाली सेनाले स्तरोन्नति गरेको प्रसुतिगृह भवन मङ्गलबार वडालाई हस्तान्तरण गरिएको छ । नेपाली सेनाको कालीजङ्ग गण धुलिखेलको व्यवस्थापन तथा श्रमदानमा स्तरोन्नति गरिएको उक्त भवन उपत्यका पृतनापति उपरथी योगराज शर्माले उदघाटन गर्दै वडा कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

    पृतनापति शर्माले स्थानीय सरकार र समुदायले आवश्यकता महसुस गरेपछि सेनाले भवनको स्तरोन्नति गरेको बताए । स्तरोन्नतिपछि स्थानीय तथा छिमेकी खानीखोला र बेथानचोक गाउँपालिकाका बासिन्दाले समेत सहजताका साथ प्रसुति सेवा लिन सक्नेछन् ।

    “सेनाले सामाजिक कार्य गरेर नागरिक र सैनिकबीच सम्बन्ध सुदृढ गर्दैआएको छ” उनले भने । सो अवसरमा पृतनापति शर्माले सेनाले गरेका कार्यबारे जानकारी गराए । प्रसुतिगृहमा आवश्यक सामग्री सैनिक श्रीमती सङ्घले छिट्टै उपलब्ध गराउने उनले जानकारी दिए ।

    कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले सेनासँग समन्वय गरेर विभिन्न कार्य गरिने बताए । पनौती नगरपालिका –७ का वडाध्यक्ष सविन ताम्राकारले प्रसुतिगृहको स्तरवृद्धि गरी दश शैय्याको अस्पताल निर्माण गर्ने योजना रहेको बताए । वडा नं ७ स्थित उक्त भवन दुई महिना लगाएर स्तरोन्नति गरिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend