धनकुटा । महिला हिंसा न्युनीकरण अभियानमा सहयोग पुर्याउन धनकुटाको भेडेटारमा प्रदेश १ का अगुवा किशोरीहरुको दुई दिने भेला सम्पन्न भएको छ ।
महिला जनचेतना केन्द्र, मेचीनगरको आयोजनामा सम्पन्न भएको उक्त्त भेलामा प्रदेश नम्बर १ का दश वटा जिल्लाहरु झापा, मोरङ्ग, सुनसरी, धनकुटा, इलाम, पाँचथर, भोजपुर, उदयपुर, संखुवासभा, तेह्रथुमबाट करिब ३५ जना अगुवा किशोरीहरू सहभागी भएका थिए ।
समाजमा कायमै रहेको लैङ्गिक हिंसा विरुद्धको अभियानलाई सार्थक तुल्याउनलाई प्रदेश भरिकाकिशोरीहरुलाई सहभागी गराएर दुई दिने कार्याशाला सञ्चालन गरिएको संस्थाका कार्यकारी प्रमुख राधा प्रधानले बताइन । सभ्य समाजको पहिचान, लैङ्गिक हिंसा विरुद्धको अभियान भन्ने मुलनाराका साथ यस वर्ष नेपालमा पनि १६ दिन लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइएको थियो ।