काठमाडौं । गरिमा विकास बैंकले पुस २२ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो । सभा होटल पोखरा ग्राण्ड, बिरौटा, कास्कीमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई १३% बोनस सेयर र कर सहित १.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । सभा प्रयोजनका लागि बैंकले पुस ८ गतेदेखि पुस २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ७ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।