काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले अवार्ड पाएको छ । काठमाडौंमा सम्पन्न भएको एशियन पेन्ट्स ‘न्यू बिज बिजनेश कन्क्लेभ एण्ड अवार्डस्’ कार्यक्रममा बैंकले ‘थर्ड बेष्ट म्यानेज्ड’कमर्सियल बैंक अफ द एयर २०२२’ अवार्ड प्राप्त गरेको हो ।
अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले ग्रहण गरेका थिए । कार्यक्रमको अर्थमन्त्री माननीय जनार्दन शर्माले उद्घाटन गरेका थिए । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयन शम्शेर राणालाई व्यवसायिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लाइफ टाइम एचिभमेन्ट इन बिजनेश लिडरशिप अवार्ड प्रदान गरिएको थियो ।
सन् २०१३ देखि न्यू बिनेश एज प्रालिले व्यवसायिक संस्थाहरुको गरेको विभिन्न व्यवसायिक कार्य प्रगतीको आधारमा अवार्डस् प्रदान गर्दै आएको छ । कार्यक्रममा विभिन्न आठ विधामा अवार्ड प्रदान गरिएको थियो । बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २६४ वटा शाखा कार्यालय, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।