logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • उपचार गर्न चीन गएका वर्षमान पुन अर्को हप्ता स्वदेश फर्किने

    उपचार गर्न चीन गएका वर्षमान पुन अर्को हप्ता स्वदेश फर्किने

    1.8K
    Shares
    उपचार गर्न चीन गएका वर्षमान पुन अर्को हप्ता स्वदेश फर्किने

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा उल्लेख्य सुधार भएकाले अर्को हप्ता स्वदेश फर्किने भएका छन् । गत मंसिर १६ गते उपचार गर्न चीन गएका पुन अर्को हप्ता आउने उनका स्वकीय सचिव सन्तोष पुनले बताए ।

    ‘वर्षमान सरको स्वास्थ्यमा उल्लेख्य सुधार भइसक्यो । केहीदिन राखेर परीक्षण गर्नुपर्ने भएकाले समय लाग्यो’ पुनले भने, ‘अर्को हप्ता स्वास्थ्य लाभ गरेर स्वदेश फर्किनुहुन्छ ।’ उपचारका सिलसिलामा चीन पुगेका बेला उनले एकरदुईवटा राजनीतिक भेटघाट समेत गर्ने बताइएको छ । चुनाव लगतै नयाँ सरकार बन्न लागेकाले पुनको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend