काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पुर्णबहादुर खड्काले राष्ट्रपतिका विषयमा नेपाली कांग्रेसले कसैसंग सम्झौता नगर्ने बताएका छन । सामाजिक सञ्जाल ट्विटर ट्विट गर्दै उपसभापति खड्काले राष्ट्रपतिका विषयमा भइरहेका चर्चाले गम्भीर बनाएको उल्लेख गरेका छन ।
खड्काले देश, जनता र संविधानसभाले बनाएको संविधान प्रति दिल–दिमाग देखि पुर्ण रुपमा प्रतिबद्ध ब्यक्ति मात्र राष्ट्रपति बन्न सक्ने उल्लेख गरेका छन ।
उनले लेखेका छन्, ‘‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भिर बनायो ? मेरो प्रष्ट धारणा छः राष्ट्रपति देश,जनता र संबिधानसभाले बनाएको संविधान प्रति दिल–दिमाग देखि पूर्ण रुपमा प्रतिबद्ध भएको ब्यक्ति बन्नुपर्छ, यो कुरामा नेपाली काँग्रेस पार्टी कसैसंग सम्झौता गर्न सक्दैन, गर्नु हुदैन ।”
केही दिन यता नयाँ राष्ट्रपतिका विषय विभिन्न व्यक्तिले दौडधुप बढाइरहेका समाचारहरु बाहिर आइरहेका छन ।