logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • कतारमा जारी फिफा विश्वकप फाइनल आज

    कतारमा जारी फिफा विश्वकप फाइनल आज

    1.7K
    Shares
    कतारमा जारी फिफा विश्वकप फाइनल आज

    काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेल आज आईतवार राति हुँदैछ । कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र फ्रान्सबीच प्रतिष्पर्धा हुनेछ । लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८ः४५ बजे शुरु हुनेछ ।

    दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना र युरोपियन राष्ट्र फ्रान्स तेस्रो पटक विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन् । दुवै देशले हालसम्म समान दुई विश्वकप जितेका छन् । अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी हात पारेको थियो । फ्रान्सले सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो । लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना छैटौं पटक विश्वकपको फाइनल पुगेको हो । मेसीका लागि कतार विश्वकप अन्तिम विश्वकप समेत हो ।

    मेसीकै लागि भएपनि अर्जेन्टिनालाई विश्वकप उचाल्ने दबाब छ । साविक विजेता समेत रहेको फ्रान्स लगातार दोस्रो पटक विश्वकप उचाल्ने अभियानमा छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend