काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सर्वसम्मतरुपमा पार्टी संसदीय दलको नेता चयन गर्न प्रयास गरिने बताएका छन् ।
आइतबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महतले सर्वसम्मतिमै नेता चयन गर्न जोड दिइने बताएका हुन् ।
‘पार्टीभित्र र बाहिर सबैले स्वीकार गर्ने व्यक्तिलाई सर्वसम्मतरुपमा संसदीय दलको नेता चयन गर्नेमा प्रयास हुन्छ’, उनले भने, ‘देउवाको नाममा सर्वसम्मतिको प्रयास गरिने छ । नभए चुनाव हुन्छ ।’
आजै बसेको बैठकले संसदीय दलको नेता चयनका लागि तीन सदस्यीय निर्वाचन समिति बनाइएको छ ।