logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुन्छ : कृष्ण महरा

    प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुन्छ : कृष्ण महरा

    1.7K
    Shares
    प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुन्छ : कृष्ण महरा

    काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्ण बहादुर महराले प्रतिनिधिसभाका निर्वाचित सांसदहरुको सपथ भएपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् । पार्टीको पदाधिकारी बैठक पछि संञ्चारकर्मीलाई संक्षिप्त प्रत्रिक्रिया दिदै प्रवक्ता महराले प्रतिनिधिसभाका सबै सदस्यहरुको सपथग्रहण पछि मात्रै संसदीय दलको नेता चयन गरिने र त्यसपछि मात्रै प्रधानमन्त्रीको बारेमा छलफल हुने बताएका छन् ।

    संसदीय दलको नेताका बारेमा छलफल गर्न पदाधिकारी बैठक बोलाएको भएपनि सपथ अगाडि नेता चयन गर्ने कुरा प्रक्रियासंगत नहुने भएकाले नेता चयनबारे छलफल स्थगित गरिएको जानकारी उनले दिए ।

    प्रधानमन्त्री को बन्ने भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले त्यसबारे संसंदीय दलको नेता चयन भएपछि मात्रै छलफल हुने बताए । गठबन्धनको निरन्तरता सम्बन्धमा भने उहाँले गठबन्धन रहिनै रहेको जानकारी दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend