logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • लुम्बिनी विकास बैंकले डाक्यो एजीएम

    लुम्बिनी विकास बैंकले डाक्यो एजीएम

    1.3K
    Shares
    लुम्बिनी विकास बैंकले डाक्यो एजीएम

    काठमाडौं । लुम्बिनी विकास बैंकले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो ।

    सभा अमृत भोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई ३% बोनस सेयर र कर सहित ९% नगद लाभांश गरी जम्मा १२% लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ ।

    यता, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेका सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । सभा प्रयोजनका लागि बैंकले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend