logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने

    एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने

    1.5K
    Shares
    एनआइसी एसिया बैंकले लाभांश वितरण नगर्ने

    काठमाडौं । एनआइसी एसिया बैंकले गत आर्थिक वर्ष २०७८–७९ को नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने भएको छ । बैंकको मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले गत आवको वित्तीय विवरणहरु पारित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

    सञ्चालक समितिको उक्त निर्णय अन्तिम स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरिनेछ । बैंकले गत वर्ष पनि सेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन ।

    यसले नियामकले तोके अनुसार पुँजी कोष कायम राख्न नसक्दा लाभांश वितरणबाट वञ्चित भएको हो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend