काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने भएको छ ।
५ पुस मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरनीलाई हाल कायम चुक्ता पुँजी १२.५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । यस्तै सोही लाभांशको कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकेा हो ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।