logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

    सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

    1.4K
    Shares
    सिद्धार्थ बैंक ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित

    काठमाडौं । सिद्घार्थ बैंक लिमिटेड साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सद्वारा प्रदान गरिएको ‘सर्टिफिकेट अफ मेरिट’ अवार्डबाट सम्मानित भएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्ट्सले दक्षिण एसियाली देशहरुबाट प्रस्तुत गरिएका वार्षिक प्रतिवेदनहरुलाई मूल्याङकन गरी निजी बैंकिङ्ग क्षेत्रको विधामा उक्त अवार्ड बैंकलाई प्रदान गरेको हो ।

    उक्त अवार्ड काठमाडौंको याक एण्ड एति होटलमा आयोजित ‘उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२१’ कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृतसुन्दर प्रसाद कडेलले ग्रहण गरेका हुन् ।

    नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट ‘उत्कृष्ट वार्षिक प्रतिवेदन २०२१’ अवार्ड प्राप्त गरेपश्चात् बैंक उक्त अवार्डको प्रतिस्पर्धामा पर्न सफल भएको थियो । यस अवार्डले आगामी दिनहरुमा अझ बढी परिष्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend