logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

    इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

    1.5K
    Shares
    इन्भेष्टमेण्ट बैंकले ११ प्रतिशत लाभांश दिने, बोनस सेयर कति ?

    काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले लगानीकर्तालाई ११ प्रतिशत लाभांश र ४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । बिहीबार बसेको बैंकको आर्थिक वर्ष २०७८–०७९ को ३६ औं वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

    आर्थिक वर्ष २०७८–७९ मा बैंकले ६ अर्ब २८ करोड रुपैयाँ संचालन मुनाफा तथा ३ अर्ब ७९ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । साथै, बैंकको चुक्ता पूँजी १९ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

    अघिल्लो वर्ष बैंकको निक्षेप १७९ अर्ब ४० करोड रहेकोमा आर्थिक वर्ष २०७८–७९ मा १८६ अर्ब ७६ करोड पुगेको छ । ​यसैगरी कर्जा लगानीतर्फ अघिल्लो वर्ष १६१ अर्ब ९१ करोड रुपैयाँ रहेकोमा आर्थिक वर्ष २०७८ –७९ मा १६४ अर्ब ८२ करोड रुपैया रहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंकले साधारणसभाबाट मेगा बैंकसँग मर्जरमा जाने निर्णय पनि पारित गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend