logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

    तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

    1.3K
    Shares
    तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने डा. तोसिमा कार्कीको घोषणा

    काठमाडौं । ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद डा. तोसिमा कार्कीले आफूले पाउने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने बताएकी छन् । सांसद कार्कीले सामाजिक संजाल मार्फत राज्यबाट दिइने तलब भत्ता सामाजिक कामको लागि उपयोग गर्ने घोषणा गरेकी हुन् ।

    तलब भत्ताको सुरुवात‘निःशुल्क महिनावारी सामाग्री अभियान’मा खर्च गरिने उनले लेखेकी छन् ।

    उनले लेखेकी छन्, ‘‘स्वघोषणाः राज्यबाट दिईने तलब भत्ता सम्पूर्ण रुपमा सामाजिक कामको लागि उपयोग गर्नेछु ।
    सुरुवातः निशुल्क महिनावारी सामाग्री अभियान ललितपुर ३ मा भएका सामुदायिक, सरकारी विधालयहरुमा महिला छात्राहरुका निम्ती निशुल्क सेनेटरी प्याड वितरणको लागि नपुगेका ठाउँमा मेरो कोषबाट दिनेछु ।”


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend