logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • राष्ट्रिय वाणिज्य बैंकका एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन

    राष्ट्रिय वाणिज्य बैंकका एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन

    2.3K
    Shares
    राष्ट्रिय वाणिज्य बैंकका एकै पटक पाँचवटा शाखा कार्यालयको उद्घाटन

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको एकै पटक पाँच वटा शाखा कार्यालयको उद्घाटन गरिएको छ । १ नम्बर प्रदेश स्थित शाखा कार्यालय ताप्लेजुङ, शाखा कार्यालय तेह्रथुम, शाखा कार्यालय धुलाबारी, मधेस प्रदेश स्थित शाखा कार्यालय मलगंवा र बागमती प्रदेश स्थित शाखा कार्यालय रसुवा को शनिवार उद्घाटन गरिएको छ । यसपछि बैंकको देशभर २६४ वटा शाखा कार्यालय सञ्चालनमा आएको छ ।

    शाखा कार्यालय ताप्लेजुङको बैंक सञ्चालक दिलीप कुमार ढुङ्गाना, शाखा कार्यालय तेह्रथुमको म्याङ्लुङ नगरका प्रमुख सञ्जयकुमार तुम्बाहाम्फे, शाखा कार्यालय धुलाबारी को झापा १ ख का प्रदेश सांसद गोपाल तामाङ, शाखा कार्यालय मलगंवा को सर्लाही २ ख का प्रदेश सांसद कौशल किशोर दास र शाखा कार्यालय रसुवा को रसुवा ख का प्रदेश सांसद इन्द्रप्रसाद गोतामेले शनिवार अलग अलग कार्यक्रमका बीच उद्घाटन गरेका छन् ।

    बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले राष्ट्रिय वाणिज्य बैंंकले देशको दूरदराज तथा सहरी क्षेत्रमा शाखा सञ्चालन गरी प्राथमिकताका साथ आम नागरिकमा बैंकिङ्ग सेवा प्रवाह गरिरहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend