काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेको बताएका छन् । सोमबार अर्थमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् ।
उनले अर्थतन्त्रलाई सबैको राय दुनियाँको अनुभवलाई लिएर समस्या समाधानमा लाग्ने बताए ।
‘अर्थतन्त्रका चुनौतिको कारण खोजेर, समाधानमा प्रभावकारी सम्वाद गर्ने, पहिचान, सामाधान गर्नेछु,’ उनले भने, ‘चिन्तित भएको अर्थ जगतलाई आश्वस्थ बनाउन चाहन्छु, हामी समाधान गर्छौं ।’