logo

२०८१ कार्तिक ७ बुधबार

logo
  • बुधबार, ७ कार्तिक २०८१
  • सिद्धार्थ बैंकले ल्यायो १ करोड बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

    सिद्धार्थ बैंकले ल्यायो १ करोड बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

    1.5K
    Shares
    सिद्धार्थ बैंकले ल्यायो १ करोड बीमासहितको श्रीवृद्धि प्लस मुद्दती खाता

    काठमाडौँ । सिद्धार्थ बैंकले २०औं वार्षिकोत्सवको अवसरमा १ करोड रुपैयाँसम्मको म्यादी जीवन बीमा सुविधासहितको मुद्दती योजना सञ्चालनमा ल्याएको छ । व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको यस मुद्दती योजना अर्न्तगत न्यूनतम ५० हजार रुपैयाँमा खाता खोल्न सकिनेछ ।

    यस मुद्दती योजनामा ग्राहकले निक्षेप रकमको २ गुणासम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् । यसका अतिरिक्त, पहिलो वर्षको लागि निशु:ल्क यूएनओ क्रेडिट कार्ड सुविधा समेत निक्षेपकर्ताले पाउन सक्ने बैंकले जनाएको छ । यस मुद्दती योजनाको बीमा साझेदार महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड छ । बैंकका अनुसार ग्राहकले जुनसुकै शाखाबाट यो खाता खोल्न सक्नेछन् ।

    बैंकका देशभर १९३ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), २१५ वटा एटीएम, ११८ शाखारहित बैंकिङ्ग सेवा र १ हजार ८ सय भन्दा बढी पीओएस् मेसिन सञ्चालनमा छन् ।

    बैंकले आफ्नो सेवा सञ्चालनमा डिजिटल माध्यमलाई प्राथमिकता दिँदै सुरक्षित तरिकाले अनलाइनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिनेजस्ता सुविधा वेबसाइटमा रहेको इजीबैंक पोर्टलमार्फत प्रदान गर्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend