logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • ‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

    ‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

    2.6K
    Shares
    ‘राष्ट्रपति बन्न कुनै प्रस्ताव आएको छैन’

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले अध्यक्ष माधवकुमार नेपाललाई ‘राष्ट्रपति बन्ने’ कुनै प्रस्ताव नआएको प्रस्टीकरण दिएको छ ।

    सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा ‘नेपाललाई राष्ट्रपति बनाउने भनेर प्रस्ताव आएको सूचना झुटो रहेको’ एकीकृत समाजवादीले प्रस्ट पारेको छ ।

    काठमाडौंस्थित एकीकृत समाजवादी केन्द्रीय कार्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीस“ग कुरा गर्दै उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले ‘अध्यक्ष नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको’ बताए ।

    पछिल्लो समय ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट नेपाललाई राष्ट्रपति बनाएर पार्टी एकीकरण गर्नुपर्ने’ चर्चा सुरु भएपछि प्रवक्ता खतिवडाले त्यसको खण्डन गरेका हुन् ।

    यद्यपि, एमाले र एकीकृत समाजवादीका शीर्षनेताबीच पछिल्लो समय भेटघाट तथा छलफल आन्तरिक रूपमा तीव्र भएपछि यस्तो हल्ला आएको हो ।

    सामाजिक सञ्जालमा यसको पक्ष र विपक्षमा बहससमेत सुरु भएको छ । कतिपयले ‘नेपाललाई राष्ट्रपति बनाएर भए पनि एमालेले पार्टी एकीकरण गर्नुपर्ने’ मत राख्दै आएका छन् । केहीले ‘नेपाललाई राष्ट्रपति बनाउनुहु“दैन’ भन्ने मतसमेत राख्दै विभिन्न कोणबाट बहस जारी राखेका छन् ।

    ‘पर्ख र हेर’को अवस्थामा रहेको एकीकृत समाजवादीको जारी स्थायी कमिटी र पोलिटब्युरो कमिटी बैठकबाट सरकारमा जाने कि नजाने निर्णय हुने

    ‘पार्टी अध्यक्षसँग औपचारिक र अनौपचारिक दुवै कोणबाट यस प्रकारको कुरा र प्रस्ताव कसैले गरेका छैनन्, यो हल्ला मात्रै हो,’ प्रवक्ता खतिवडाले भने, ‘पार्टी विलय वा एकीकरण गर्नेतिर हामी लागेका छैनौं, पार्टी सुदृढीकरणमै हाम्रो ध्यान केन्द्रित छ ।’

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा ‘सहभागी हुने कि नहुने रु’ भन्ने’दयगत बैठकमा गम्भीर छलफल जारी रहेको उनले बताए । स्थायी कमिटी बैठक आज आइतबारसमेत बस्दै छ ।

    स्थायी कमिटी बैठकपछि पोलिटब्युरो र केन्द्रीय कमिटीसमेत बैठक बस्ने एकीकृत समाजवादीले जनाएको छ । यी बैठकमा छलफल गर्दै पार्टीले प्रचण्ड नेतृत्वको सरकारमा ‘सहभागी हुने कि नहुने रु’ भन्ने निर्णय गर्नेछ ।

    एमाले, माओवादी केन्द्रसहितका नयाँ गठबन्धनको सहयोगमा प्रचण्ड प्रधानमन्त्री बनेपछि एकीकृत समाजवादीलाई समेत सरकारमा ल्याउने गृहकार्यमा नेताहरू जुटेका छन् ।

    सरकार निर्माण प्रक्रियामा सहभागी नभए पनि एमाले र माओवादी केन्द्रका नेताले एकीकृत समाजवादीलाई समेत सरकारमा सहभागी गराउन आन्तरिक रूपमा निरन्तर छलफलमा छन् ।

    एकीकृत समाजवादी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले स्थायी कमिटी र पोलिटब्युरो बैठकबाट पार्टी सरकारमा ‘सहभागी हुने कि नहुने ?’ भन्ने निर्णयमा पुग्ने बताए ।

    ‘स्थायी कमिटी बैठक सुरु भएको छ । आज आइतबार पनि बैठक बस्दै छ । त्यसपछि पोलिटब्युरो कमिटी बैठक बस्ने छ । अध्यक्ष र सम्मानित नेता कमरेडले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा राख्नुभएको छ,’ साहले भने, ‘अन्य कमरेडले समेत आफ्नो धारणा राख्ने क्रम जारी छ । सबैको सुझाव आइसकेपछि सोही आधारमा पार्टी सरकारमा सहभागी हुने कि नहुने भन्ने निर्णय हुन्छ ।’आजको राजधानी दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend