logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रभु बैंक र राष्ट्रिय प्रकृति बीच रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता

    प्रभु बैंक र राष्ट्रिय प्रकृति बीच रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता

    2.1K
    Shares
    प्रभु बैंक र राष्ट्रिय प्रकृति बीच रातो हाब्रेलाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता

    काठमाडौं । प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख श्री रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

    प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले सँस्थागत सामाजिक उत्तरदायिŒव अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।

    सदर चिडियाखानाद्वारा सञ्चालित “Adopt An Animal” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend