logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • एकीकृत समाजवादीले सरकारमा आफ्नो सहभागिताबारे निर्णय लिन हतार नगर्ने

    एकीकृत समाजवादीले सरकारमा आफ्नो सहभागिताबारे निर्णय लिन हतार नगर्ने

    1.6K
    Shares
    एकीकृत समाजवादीले सरकारमा आफ्नो सहभागिताबारे निर्णय लिन हतार नगर्ने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने बताएका छन् ।

    पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उनको स्पष्टिकरण थियो ।

    पार्टीको भातृ संगठन युवा संघ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले राजनीतिक पिक्चर नै क्लिएर नभएकाले पनि आफ्नो पार्टीको पोलिटव्यूरो बैठकले पनि सो सम्बन्धमा निर्णय नलिएको उनको भनाई थियो ।

    प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलहरुको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाई थियो ।

    त्यस अवसरमा उनले सरकारमा जाने बेलामा आफूहरुसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल नगरेको भन्दै गुनासो गरेका थिए । अध्यक्ष नेपालले भने, ‘कसैकसैले समाचारमा के लेखे भने यो एकीकृत समाजवादी त अलमलमा प¥यो । यसले सरकारलाई समर्थन गर्ने कुरा पनि लेखेन । विरोध गर्ने कुरा पनि लेखेन । सहभागी हुने कुरा पनि गरेन । नगर्ने कुरा पनि गरेन भनेर लेखेको मैले पाए । ठिक ग¥यो । किन, जब पिक्चर क्लिएर छैन भने, जबसम्म पिक्चर क्लिएर हुँदैन । पोलिटिकल सिनारियो त क्लिएर हुनु प¥यो नि । अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ ? भन्ने कुरा हेर्नै पाएका छैनौं । मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला । तर, अनुहारले मात्रै हुँदैन । त्यहाँ अनेकहरु छन् । के–के गर्छन ? थाहा छैन । अनि, अर्को पाटो हामी पनि त नेपालको राजनीतिमा छौं । हामीलाई केही पनि जानकारी छैन । अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के हो हतार ? हामीलाई के बित्दो छ र ? २६ गते हो सरकारले विश्वासतको मत प्राप्त गर्ने कुरा । २६ गतेको दिनसम्म हामीले निर्णय गरे पुगेन ? भै गोनि । सस्पेन्समै रहोस् । दुनियाँहरु कुदिरहून । वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनि रहून । यो पार्टीको अघिपछि अनि न कुदीरहने मान्छे रहन्छ । त्यसो हुनाले हामीले हतार नगरेको हो । कुराकानी हुन्छ, छलफल हुन्छ । सबैको रायसुझाव सुनिन्छ । अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ । अनि कसै कसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन । नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलवनै राखेको छैन । तैपनि सरकारमा जाने हतार । यी सबै भनेका कुरा के हुन भने सत्ता बाहेक अरु केही पनि नदेख्ने चिन्तन हो । हाम्रो पार्टी भिन्न छ ।’

    अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्तै गर्ने पक्षमा नरहेको बताए । उनले पार्टीका सांसदहरुलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराएका थिए ।

    सरकारलाई विश्वासको मत दिने समय आईरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदहरुलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराएका हुन् । उनले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदहरुलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकीर समेत गरे ।

    राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदहरुलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाई थियो । अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend