काठमाडौं । सौर्य एयरलाइन्सले जेट विमानमार्फत काठमाडौं–पोखरा–काठमाडौं उडान सुरू गरेको छ। विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले पुस १७ गतेदेखि काठमाडौं–पोखरा–काठमाडौं दैनिक दुई उडान सुरू गरेको हो।
आन्तरिक उडानतर्फ पहिलो पटक सौर्यले ५० सिट क्षमता भएको जेटमार्फत पोखरामा जेटमार्फत उडान थालेको एयरलाइन्सका बजार व्यवस्थापक मुकेश खनालले बताए।
काठमाडौं–पोखरा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ।