logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • नेप्से दोहोरो अंकले बढ्यो : लगातारको बृद्धिले लगानीकर्ता उत्साहित

    नेप्से दोहोरो अंकले बढ्यो : लगातारको बृद्धिले लगानीकर्ता उत्साहित

    4K
    Shares
    नेप्से दोहोरो अंकले बढ्यो : लगातारको बृद्धिले लगानीकर्ता उत्साहित

    काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक आज १८०९अङ्कले उकालो लागेर दुई हजार एक सय ४३ दशमलब ९३ बिन्दुमा पुगेको छ ।

    आजको कारोबारमा ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलब ५१ अङ्कले उकालो लागेर चार सय ११ दशमलब २३ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा ११ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ ।

    कारोबार भएकामध्ये एक सय ४७ कम्पनीको शेयर मूल्य बढेको छ भने ६२ वटा कम्पनीको शेयर मूल्य घटेको छ । कूल एक करोड २५ लाख ८१ हजार नौ सय ८२ कित्ता शेयर किनबेचबाट आज पाँच अर्ब चार करोड सात लाख ४० हजार नौ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

    शेयर कारोबार हुने साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण ३१ खर्ब एक अर्ब ४५ करोड एक लाख १२ हजार एक सय ४९ बराबर पुगेको छ ।

    कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । सो कम्पनीको ४३ करोड १९ लाख ६६ हजार नौ सय ७४ बराबरको कारोबार भएको छ ।

    यस्तै, रिडी पावर कम्पनी २१ करोड ४१ लाख आठ हजार चार सय ८७, हिमाल दोलखा हाइड्रोपावर ११ करोड ८४ लाख ७८ हजार छ सय ६५, एनआइसी एशिया बैंक ११ करोड ८४ लाख ४४ हजार तीन सय छ र नेपाल पुनर बीमा कम्पनी १० करोड दुई लाख ६३ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

    नेप्सेका अनुसार विभिन्न पाँच कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । जसमा चन्द्रागिरि हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरि लघुवित्त, खप्तड लघुवित्त र सिर्जनशील लघुवित्त छन् ।

    उकालो लागेको बजारमा सिटिजन म्युचुअल फण्ड तीन दशमलब शून्य तीन, मनकामना स्मार्ट लघुवित्त दुई दशमलब ८८, नारायणी डेभलपमेन्ट बैंक दुई दशमलब ८२, नेपाल एसबिआई बैंकको ऋणपत्र दुई दशमलब ७० र प्रभु इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले दुई दशमलब ४६ प्रतिशतले गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend