काठमाडौं। मेगा बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिओ) मा महेश ढकाल नियुक्त हुने भएका छन् । नेपाल इन्भेस्टमेन्ट बैंक (एनआइबिएल) सँग मर्जमा लागेको मेगा बैंकको सिनियर डेपुटी प्रमुख कार्यकारी अधिकृत (डिसिओ) मा महेश ढकाल नियुक्त हुने भएका हुन् ।
ढकाल ग्लोबल आइएमई बैंकका वरिष्ठ डेपुटी सिइओ हुन् । यसअघि ढकाल मेगाबाट ग्लोबल आइएमईको सिनियर डेपुटी सिइओ थिए । मेगामा पनि उनी सेकेन्ड म्यान भएर काम गरेका थिए । ढकालले नेपाल बैंक र तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकमा काम गरिसकेका छन् । नेपाल बैंक छाडेर उनी तत्कालीन नेपाल कमर्ज एण्ड ट्रष्ट बैंकमा गए ।
कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमई बैंकमै मर्ज भएपछि उनी सिद्धार्थ डेभलपमेन्ट बैंक तथा टुरिजम डेभलपमेन्ट बैंकमा सीईओ बने । टुरिजम बैंक मेगा बैंकमा मर्ज भएको थियो । त्यसपछि उनी ग्लोबल आइएमई बैंकमा गएका थिए ।
मर्जपछि इन्भेस्टमेन्ट बैंक डेपुटी सिइओमा अनुपमा खुन्जेली कि महेश ढकाल कस्ले जिम्मेवारी सम्हाल्छन् चर्चा हुन थालेको छ । मर्जरपछिको जिम्मेवारीमा पूर्वसिइओ अनुपमा खुन्जेलीको नाम चले पनि अन्तिममा ढकाल नै आउने लगभग पक्का भएको छ । यसैका लागि ढकाल ग्लोबल आइएमई छाडेर मेगा बैंक आउदै छन् ।
आउने निश्चित भइसकेको र औपचारिक प्रक्रिया पूरा गर्न मात्र बाँकी रहेको ढकालले बताए । औपचारिक प्रक्रिया सकिएपछि ढकाल मेगामा आउने छन् । दुई बैंक मर्जपछि ढकाल एनआइबिएलको सिनियर डिसिओ हुने पक्का छ ।
एनआइबिएलमा हाल कार्यरत सिइओ ज्योतिप्रकाश पाण्डे नै मर्जपछिको बैंकमा सिइओ हुनेछन् ।