काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने निर्णय गरे तत्काल अर्थतन्त्र लयमा आउने बताएका छन् ।
पछिल्लो समय उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएकाले उद्योग व्यवसायमा संकुचन आएको भन्दै अध्यक्ष अग्रवालले वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च बनाउने गरी निर्णय गर्नुपर्ने बताए।
उनले वर्तमान सरकार गठन भएसँगै नेपाली पुँजी बजारमा अर्थतन्त्रका कुनैपनि प्यारामिटरहरु परिवर्तन वा सरकार नयाँ कुनै निर्णय बिना उच्च मनोबलको कारण लगातार रुपमा वृद्धि भइरहेको बताए ।
न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले सरकारले बैंकको ब्याजदर कम गर्ने, तरलता सहज ल्याउने र एलसी मार्जिन कम गर्ने निर्णय गरे व्यवसायीहरुको मनोबल सकारात्मक हुने बताए ।
उनले पछिल्लो समय अर्थतन्त्रमा देखिएका समस्या उद्योगी व्यवसायीहरुको मनोबल कमजोर भएको कारण भएको जिकिर गरे । उनले प्रधानमन्त्री तथा अर्थमन्त्रीलाई भेटेर अर्थतन्त्र लयमा ल्याउन सरकारले चाल्नुपर्ने कदमको विषयमा जानकारी गएको जानकारी दिए ।
उद्योग परिसंघका माग र दिएका सुझावलाई सरकारले तत्काल सम्बोधन गरे मुलुकको अर्थतन्त्र लयमा आउन समय नलाग्ने बताउँदै उनले सरकारले उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुने खालको नीतिगत व्यवस्था गरेमा व्यवसायी र अर्थतन्त्र दुवै सकारात्मक बाटोमा जाने उल्लेख गरे ।
उनले मुलुकमा जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोबल उच्च राख्न आवश्यक रहेको बताए । अर्थतन्त्र लयमा आउँदा उच्च रुपमा गिरावट आएको माग बढ्ने र उद्योग व्यवसायमा लगानी पनि बढ्ने बताए ।
अध्यक्ष अग्रवालले भने,‘ नयाँ सरकार बनेसँगै शेयर बजारमा लगातार रुपमा वृद्धि भइरहेको छ । तर मुलुकको अर्थतन्त्रका केही प्यारामिटरहरु परिवर्तन भएका छैनन् । कुनै नयाँ निर्णय भएको छैन । जुन उच्च मनोबलका कारणले भएको छ । वर्तमान सरकारले उद्योगी व्यवसायीहरुको मनोबल बढाउने हिसावले कदमहरु चाल्यो भने संकटमा रहेको अर्थतन्त्र लयतमा तुरुन्तै जान्छ । नेपालको अर्थतन्त्र धेरै ठूलो होइन । धेरै ठूलो कमप्यक्स पनि छैन । हामी उद्योगी व्यवसायीहरुलले अर्थमन्त्रीसँगको भेटमा कुरा गरेका छौं । प्रधानमन्त्रीलाई पनि त्यही तरिकाले निवेदन गरेका छौं । यस्तो काम गर्दा अर्थतन्त्र निकासतिर जानसक्छ भनेर भनेका छौं । सरकारले उद्योगी व्यवसायीहरुको मनोबल उच्च हुने खालको नीतिगत व्यवस्था गर्यो भने आफैँ उद्योगी व्यवसायीहरु सकारात्मक बाटोमा जान्छौं । जुन तरिकाले अहिले नकारात्मक रुपमा गएका छौं । त्यही तरिकाले सकारात्मकतिर गइहाल्छौं । जुनसुकै सरकार आएपनि व्यवसायीहरुको मनोवल उच्च राख्न आवश्यक हुन्छ । व्यवसायीहरुले मनोवल उच्च राख्न दुई प्रतिशत बैंकको ब्याज घटाउन वातावरण मिलाउनु,तरलता सहजताका लागि सकारात्मक निर्णयहरु लिनुस्,एलसी मार्जिनक कम गरिदिनुस् भनेका छौं । सरकारले यस्ता कदम सरकारले चाल्यो भने उद्योगी व्यवसायीहरुको मनोवल उच्च हुन्छ । अर्थतन्त्र सकारात्मक बाटोमा जान्छ र उच्च रुपमा गिरावट आएको माग पनि बढ्छ । उद्योगी व्यवसायीहरुले उद्योग व्यवसायमा लगानी पनि गर्न थाल्छन् ।’
अध्यक्ष अग्रवालले वर्तमान सरकारले अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्दै व्यापार व्यवसायमा आएको गिरावटलाई कम गर्न सहयोग गर्नुपर्ने बताए ।