logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, १४.५० प्रतिशत लाभांस प्रस्ताव पारित

    गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, १४.५० प्रतिशत लाभांस प्रस्ताव पारित

    2.1K
    Shares
    गरिमा विकास बैंकको साधारण सभा सम्पन्न, १४.५० प्रतिशत लाभांस प्रस्ताव पारित

    पोखरा । गरिमा विकास बैंकको सोह्रौं वार्षिक साधारण सभा पोखरामा सम्पन्न भएको छ । सभामा बै‌कका अध्यक्ष श्याम प्रसाद बस्यालले प्रस्तुत गरेको आर्थिक बर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।

    सभामा सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु. ४,५९,०८,७३,५०१.८९ (अक्षरेपी चार अर्ब उन्साठी करोड आठ लाख त्रीहत्तर हजार पाँच सय एक र पैसा उनानब्बे मात्र) को १३ प्रतिशत बराबर बोनस शेयर बापत रु. ५९,६८,१३,५५५.२५ (अक्षरेपी उन्साठी करोड अठसठ्ठी लाख तेह्र हजार पाँच सय पचपन्न र पैसा पच्चीस ) पारित भएकाे छ ।

    यसैगरी १.५० प्रतिशत नगद लाभांश (लाभांश कर प्रयोजन समेतका लागि ) रु. ६,८८,६३,१०२.५३ (अक्षरेपी छ करोड अठासी लाख त्रीसठ्ठी हजार एक सय दुई र पैसा त्रीपन्न मात्र) गरि जम्मा १४.५० प्रतिशतले हुन आउने रकम रु. ६६,५६,७६,६५७.७८ (अक्षरेपी छैसठ्ठी करोड छपन्न लाख छहत्तर हजार छ सय सन्ताउन्न र पैसा अठहत्तर मात्र) लाभांस प्रस्ताव पनि पारित भएको छ ।

    यस विकास बैंकको चुक्ता पुँजी रु ५,१८,७६,८७,०५७.१४ (अक्षरेपी पाँच अर्ब अठार करोड छेहत्तर लाख सतासी हजार सन्ताउन्न रुपैया पैसा चौध मात्र) पुग्ने छ ।

    त्यस्तै गत आर्थिक बर्षमा उत्कृष्ठ कार्यसम्पादन गर्ने शाखाहरुलाई सम्मान गरिएको छ । बैकको आन्तरिक मुल्यांकन अनुसार प्रथम पूतलीबजार शाखा, दोस्रो ईमाडोल शाखा, तेस्रो बयरघारी शाखा र चौंथोमा हेम्जा शाखा भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend