logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड

    मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड

    1.5K
    Shares
    मायाखोला हाइड्रोपावरको वैदेशिक कोटातर्फको सेयर बाँडफाँड

    काठमाडाै‌ । प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धक रहेको माया खोला हाइड्रोपावर कम्पनीले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको लागि सेयर बाँडफाँड गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित २ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरेको हो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्ट्याइएको सेयर मङ्सिर २३ देखि पुस ८ सम्म आवेदन खुलाइएको थियो । जसमा ८ हजार ८०७ जना आवेदकबाट ७ लाख ७४ हजार २३० कित्ता सेयरको आवेदन आएको थियो । जसमध्ये ५४८ आवेदकबाट प्राप्त ४७ हजार ३६० कित्ता सेयरको माग रद्द भएको थियो ।

    बाँकी रहेका ८ हजार २५७ जना योग्य आवेदकबाट ७ लाख २६ हजार ८४० कित्ता सेयरको आवेदन आएको थियो । कम्पनीले १० कित्तादेखि ३० सेयर आवेदन गर्नेलाई माग बमोजिम तथा ४० कित्ताभन्दा माथि आवेदन गर्नेलाई ३० कित्ताका दरले सेयर बाँडफाँड भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend