काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा यातायातको बिजुली बस चढेर पाटन जाने भएकी छन्। शनिबार ललितपुरको पिम्बहालमा आयोजित एक कार्यक्रममा सहभागी हुन उनी शीतल निवासबाट साझा बसमा चढेर पाटन आउन लागेको ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्य बज्राचार्यले जानकारी दिइन्।
उनका अनुसार दिउँसो १ बजे पिम्बहालमा सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ।