logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग अध्यक्ष तिमिल्सिनाको आग्रह

    राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग अध्यक्ष तिमिल्सिनाको आग्रह

    1.4K
    Shares
    राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग अध्यक्ष तिमिल्सिनाको आग्रह

    काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राहदानी वितरणमा देखिएका झमेला तत्काल हटाउन सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष तिमिल्सिनाले नयाँ मन्त्रीहरुले बोलेका कुरा गरिदिए मुलुकको धेरै समस्या हल भएर जाने समेत बताए । ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सुशासन र सुव्यवस्था सबै ठाउँमा चाहिने भएकाले त्यसमा ध्यान दिएर सरकारले काम गर्नुपर्ने स्पष्ट पारे ।

    अध्यक्ष तिमिल्सिनाले गठबन्धन सरकारले मिलेर रामो काम गर्नुपर्ने बताए । उनले चुनावमा जनतामाझ गरिएका प्रतिवद्धता अनुसार काम गर्न पनि मन्त्रीहरु लाग्नुपर्ने बताए ।

    अध्यक्ष तिमिल्सिनाले भने, ‘सुशासन र सुव्यवस्था भन्ने कुरा हर क्षेत्रमा चाहिने हो नि त । सरकारी सेवामा नागरिकता बनाउँदा, अहिले पासपोर्ट दिने कुरामा पनि झमेला । अव त्यस्ता केही कुराहरु छन भने त्यसलाई तत्काल हटाउनु प¥यो । चाहे त्यो नागरिकता दिन सिफारिस दिने कुरा होस् र उद्योगधन्दा खोल्नु प¥यो, पैसा नखुवाई हुन्न भन्ने कुरा सुन्न प¥योभने त्यो सुशासन हुुन्छ ? उद्योगधन्दा गर्छु भन्दा हुँदाहुँदा कर तिर्न जाँदा पनि घुस खुवाउनु प¥यो भने त्यो कसरी सुुशासन हुन्छ ? तीर्न जाँदा पनि अर्को खर्च गर्नु प¥यो भने त भएन नि । त्यसकारण अवका दिनहरुमा हामी सबैले खासगरी निर्वाचित जनप्रतिनिधिहरुले मैले के गरे भनेर दैनिक हेरेर गठबन्धन सरकारको नियति त रहिरहन्छ । आलोपालो सबैलाई मन्त्री पु¥याउनु पर्ने हुन्छ । एउटाको बहुमत नआएपछि मिलीजुली नै सरकार जानुपर्ने हुन्छ । तर मिले पनि राम्रो गर्नका लागि मिलौं । सरकार चलाउनका लािग मात्रै होइन । जे बोल्छौं त्यो गर्ने हो भने राम्रो हुन्छ । किनभने बोल्न त कसैले नराम्रो बोल्नु हुन्न । बोल्ने कुरा मन्त्रीहरुको राम्रै छ । चुनावमा भोट माग्न जाने कुरा राम्रै छ । त्यही गरिदिए त पुगिहाल्यो नि । बोलेका कुराहरु गरिदिए धेरै राम्रो हुन्छ ।’

    अध्यक्ष तिमिल्सिनाले व्यवसायीहरुको हित प्रवद्र्धन गर्नका लागि आफूले कानुन निर्माणमा सक्दो सहयोग गर्ने बताए । उनले आफ्नो व्यवसायमा आवद्ध मजदुरहरुको सेवा, सुविधामा विशेष ध्यान दिन पनि व्यवसायीहरुलाई सचेत गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend