काठमाडौं । प्रदेशमा मुख्यमन्त्रीको भागवण्डा मिलाउन सत्ता गठबन्धनका दलहरू बैठकको तयारीमा छन् ।
सत्ता गठबन्धनआवद्ध दलका नेताहरूको भनाइमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने विषय र प्रदेशको मुख्यमन्त्री भागवण्डाका लागि आज छलफल हुन लागेको हो ।
प्रदेश १ मा एमाले र माओवादी केन्द्रको दाबी रहेको छ भने कर्णाली प्रदेशमा एमाले र माओवादी केन्द्रको दाबीका कारण सहमति जुटेको छैन ।
प्रदेश १ को सरकार बनाउन आज अन्तिम दिन भएकोले सत्ता गठबन्धनलाई सहमति छिटो गर्न दबाब परेको हो । त्यही दबाबका कारण आज १० बजे दलहरूबीच छलफल हुन लागेको हो ।