logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • सार्कलाई सक्रिय बनाउन प्रयत्न जारी

    सार्कलाई सक्रिय बनाउन प्रयत्न जारी

    1.2K
    Shares
    सार्कलाई सक्रिय बनाउन प्रयत्न जारी

    काठमाडौं । परराष्ट्र मन्त्रालयले दक्षिण एशीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) लाई सक्रिय बनाउनका लागि प्रयत्नहरु जारी रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलले अध्यक्ष राष्ट्रको हैसियतले नेपालले सार्कलाई सक्रिय बनाउन प्रयत्न गरिरहेको बताएका छन् ।

    आईतबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको सिंहदरवारमा बसेको बैठकमा बोल्दै उनले सबै सदस्य राष्ट्रहरुबीचको सहमती जुट्न नसकेको कारण यसलाई सक्रिय बनाउन नसकिएको स्पष्टिकरण दिए ।

    सचिव पौडेलले सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई अघि बढाउन सकिने आधारभूत सिद्धान्त रहेको र त्यसैकारण सार्कलाई सक्रिय बनाउने प्रयास नतिजामुखि हुन नसकेको बताए ।

    सार्कमा नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, पाकिस्तान, श्रीलंका र अफगानिस्तान सदस्य राष्ट्रहरु रहेका छन् । ती सबै सदस्य राष्ट्रहरुको सहमतीमा मात्रै सार्कलाई सक्रिय बनाउन सकिने परराष्ट्र सचिव पौडेलको भनाई छ । बैठकमा समितिकी सभापति दिलकुमारी रावल (थापा)ले सार्कलाई सक्रिय बनाउन सरकारले कस्तो पहल गरिरहेको छ भनि जिज्ञासा राखेकी थिइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend