logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अवरुद्ध भएको राहदानी सेवा पूर्णरुपमा सुचारु

    अवरुद्ध भएको राहदानी सेवा पूर्णरुपमा सुचारु

    1.4K
    Shares
    अवरुद्ध भएको राहदानी सेवा पूर्णरुपमा सुचारु

    काठमाडौं । विद्युतीय राहदानी जारी गर्ने कार्य अन्तर्गत प्रमाणिकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्यांक प्रविष्टीपछि प्रमाणिकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित बनेको थियो ।

    लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको प्राविधिक टोलीले विभागको निरिक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकहरुलाई परिचालन गरेको थियो ।

    समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले समेत तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकहरुले प्रमाणिकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो ।

    राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरुसँगको बैठकमा निर्देशन दिएका थिए। सोही निर्देशनानुसार, राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने राहदानी विभागले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend