विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् ।
शपथ आज दिउँसोका लागि राखिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल पनि गठन गर्ने छन् । एमाले, राप्रपा र माओवादी केन्द्रबाट १–१ जना मन्त्री नियुक्त गर्ने सम्भावना छ ।
६० जना सांसदको समर्थनसहित आइतबार मुख्यमन्त्रीमा दाबी पेश गरेका कार्कीलाई प्रदेश प्रमुख पर्शुराम खापुङले सोही दिन मुख्यमन्त्री नियुक्त गरेका थिए ।