logo

२०८१ मंसिर १ शनिबार

logo
  • शनिबार, १ मंसिर २०८१
  • प्रदेश १ः सरकारमा माओवादी तत्काल सहभागी नहुने, आलोपालोबारे लिखित सहमति हुनुपर्ने माग

    प्रदेश १ः सरकारमा माओवादी तत्काल सहभागी नहुने, आलोपालोबारे लिखित सहमति हुनुपर्ने माग

    2.4K
    Shares
    प्रदेश १ः सरकारमा माओवादी तत्काल सहभागी नहुने, आलोपालोबारे लिखित सहमति हुनुपर्ने माग

    काठमाडौ. । प्रदेश १ मा माओवादी केन्द्र सरकारमा सहभागी नहुने भएको छ ।

    मुख्यमन्त्रीमा माओवादी केन्द्रका प्रदेश सांसदहरूको भावना विपरीत निर्णय गरेको भन्दै तत्काल सरकारमा नजाने माओवादी केन्द्रले जनाएको छ ।

    प्रदेशका प्रदेश सांसदहरूको भावना विपरीत प्रदेश सरकारको नेतृत्व आलोपालोको सहमति नगरेकाले तत्काल सरकारमा नजाने बताएका हुन् ।

    सत्तारूढ दलका शीर्ष नेताहरूले यस प्रदेशमा सरकारको नेतृत्वको विषयमा गरेको निर्णय सच्याउन माग गरेका छन् ।

    एमालेका नवनियुक्त मुख्यमन्त्री कार्कीले ५ सदस्यीय मन्त्रीमण्डल गठन गरेर शपथ लिने तयारी गरेका बेला माओवादी केन्द्रले सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

    कार्कीले आज दिउँसो २ बजे प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा शपथ लिने कार्यक्रम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend