logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    1.5K
    Shares
    प्रभु इन्स्योरेन्सले गर्‍यो लाभांश घोषणा

    काठमाडौँ । प्रभु इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुको लागि लाभांश प्रस्ताव गरेको छ।

    पुस २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापुँजी १ अर्ब २८ करोड ९७ लाख ११ हजार ५८४ रुपैयाँको कुल ७.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

    प्रस्तावित लाभांशमा ६.७० प्रतिशतले हुन आउने ८ करोड ६४ लाख १० हजार ६७६ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०।३५ प्रतिशतले हुन आउने ४५ लाख ४७ हजार ९३० रुपैयाँ नगद लाभांश छन्।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend