काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । माओवादी दलको बैठक भर्खरै सुरु भएको हो ।
भोलि विश्वासको मत लिने भएकाले दलको बैठकमा यो विषयमा पनि छलफल हुने प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले बताए ।
प्रतिनिधिसभाको बैठक अघि सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा संसदीय दलको बैठक बसेको हो ।
प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा विश्वासको मत लिँदैछन् ।