काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा केही हुँदैन भन्ने हीन भावना भएका बेला गरे के हुँदैन भन्ने भावना जगाउनुपर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरुलाई समस्या केलाएर बस्ने मात्र छुट नभएको भन्दै समाधानको सूत्र पहिल्याउनुपर्ने बताए । ‘म आशावादी छु । यो प्रतिनिधसभा सार्थक संवादको थलो बन्ने छ । हाम्रो अभ्यासमा जनताले गौरव गर्ने वातावरण बन्नेछ । राष्ट्रको आवश्यकताको बारेमा विवेकपूर्ण निर्णय लिन सक्नेछौं’ उनले भने ।
यो संसद आफूहरुको परीक्षाको केन्द्र भएको बताएका छन् ।
सुशासन र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउन सक्ने कि नसक्ने भन्ने परीक्षा संसदमा हुने बताएका हुन् । ‘हामीले सुशासन दिन सक्छौं कि सक्दैनौं, जनताको जीवनमा सार्थक परिवर्तन ल्यायन सक्छौं कि सक्दैनौं’ उनले भने, ‘यो संसद हाम्रो परीक्षाको केन्द्र हो ।’