काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यक्ता भएको बताएका छन् । सोमवार प्रतिनिधि सभाको पहिलो बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरणका लागि संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक रहेको पनि बताए । उनले संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी रहेको बताए । उनले संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनुपर्ने पनि बताए । उनले लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व रहेको र प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुने अपेक्षा गरेको पनि बताए ।
उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सदृढीकरण आजको आवश्यक्ता हो । यसको लागि नेपालको संविधान सुरक्षा, संविधानको भावनाअनुरुप कार्यान्वयन गर्न आवश्यक छ । संविधानको कार्यान्वयन गर्नको लागि धेरै नीति तथा कानून निर्माण गर्न बाँकी छ । संविधानको रक्षा र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरणका लागि यस अनुरुपको आवश्यक नीति कानून बनाउनपर्छ । लोकतन्त्रको उन्नयनका लागि संविधान, कानूनका साथै नैतिक आचरणको विशेष महत्व हुन्छ । प्रतिनिधि सभाको यो कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुन सकोस् ।’
सभापति देउवाले आगामी ५ वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिवद्धता जनाए । उनले नेपाली काँग्रेस जनताको अपेक्षा र पार्टीका कार्यकर्ताहरुको भावनाअनुसार काम गर्न बताए ।