logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर होऔँः अध्यक्ष लिङदेन

    मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर होऔँः अध्यक्ष लिङदेन

    1.8K
    Shares
    मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर होऔँः अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशलाई शिरमा राखेर मुलुकका समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । सोमवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    उनले देशका हरेक क्षेत्रहरु अहिले ओरालो लागिरहेको भन्दै यसलाई सबै मिलेर समाधान गर्नेतर्फ सोच्नुपर्ने बताए । उनले उमेर पुगेको भोलिपल्ट युवाहरु राहदानी बनाएर विदेश जानुपरिरहेको भन्दै यो समस्यालाई तत्काल समाधान गरी स्वदेशमा नै रोजगारी सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । उनले कृषकहरुलाई कृषिको लागि मल र बिउ दिने कुरामा सरकारले बेलैमा सोच्नुपर्ने बताए । उनले विकास निर्माणको कामले पछिल्लो समय गति लिन नसकेको भन्दै विकास निर्माणका कामलाई पनि गति दिनुपर्ने आवश्यक्ता रहेको बताए ।, उनले कसैले कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै सबैले सबैलाई स्वीकारेर आपसी समझदारीमा काम गर्नुपर्ने बताए ।

    उनले भने, ‘अहिले देशको सबै क्षेत्र ओरालो लागेको अवस्था छ । अर्थतन्त्रको अवस्था भनिरहनु पर्दैन । हामी कोही अनविज्ञ छैनौँ । बेरोजगारी कुन ढंगले बढेर भएको छ । उमेर पुगेको भोलिपल्ट हाम्रा युवाहरु राहदानी बनाउने र आमाको काख र बाउको काख, देश छोडेर परिवार पाल्न हिँड्नुपर्ने नियति बनेको छ । कृषिप्रधान देश भन्छौँ, कृषकले बाली लगाउने बेलामा मल पाउन सकेका छैनन् । मल पाउनु भाग्यको कुरा जस्तो भएको छ । विकास निर्माण कस्तो छ, सबैलाई थाहा छ । अहिले भएको पनि सुस्त छ । हामी कसैले कसैलाई निषेध गरेर म मात्रै अघि बढ्छु भन्ने अवस्था छैन । हामी सबैका विचार भन्दा माथि देश छ, देश भन्दा माथि केही पनि छैन । देशलाई शिरमा राखेर मुलुकका यावत समस्याहरु सामुहिक रुपमा समाधान गर्नेतर्फ अग्रसर हुनुपर्छ । राप्रपा यो संसदमा जनादेश बमोजिम राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, सेवा प्रवाहको पक्षमा उभिने छ ।’

    अध्यक्ष लिङदेनले राप्रपा देशको अस्थिरताको कारक नबन्ने प्रतिवद्धता जनाए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend