पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमालेका नेता खगराज अधिकारीले गरे दावी पेस गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष उनले ३३ सांसदको समर्थनमा दावी पेस गरेका हुन् ।
अधिकारीले एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र स्वतन्त्र १ गरी ३३ सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गरेका हुन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा सरकार बनाउन ३१ सदस्य आवश्यक पर्छ ।
प्रदेश प्रमुख गुरुङले संविधानको दफा १६८ को उपदफा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २५ गते सोमबार अपराहन्न ४ बजेभित्र दाबी पेस गर्न समय दिएका थिए । कास्की क्षेत्र नम्बर १ (१) बाट प्रदेशसभामा निर्वाचित भएका अधिकारी स्वास्थ्य मन्त्री र गृहमन्त्री भइसकेका छन् ।