logo

२०८१ असोज १३ आइतबार

logo
  • आइतबार, १३ असोज २०८१
  • चित्रबहादुर केसी भन्छन्- ‘राजनीतिक दलका नेता जसरी पनि सत्तामा पुग्ने खेलमा लाग्दा जन विश्वास गुम्यो’

    चित्रबहादुर केसी भन्छन्- ‘राजनीतिक दलका नेता जसरी पनि सत्तामा पुग्ने खेलमा लाग्दा जन विश्वास गुम्यो’

    2.2K
    Shares
    चित्रबहादुर केसी भन्छन्- ‘राजनीतिक दलका नेता जसरी पनि सत्तामा पुग्ने खेलमा लाग्दा जन विश्वास गुम्यो’

    काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनीतिक दल र तीनका नेता जसरी पनि सत्तामा पुग्ने खेलमा लाग्दा राजनीतिक दलका नेताप्रति जनताको आस्था कमजोर देखिएको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘राष्ट्रियता र स्वाधीनताको रक्षा गर्नेतर्फ हामी सबै जुट्नपर्छ, सत्ता केन्द्रित राजनीतिले देश विकासमा पछि परेको हो । देशमा भएका सांसद र मन्त्रीको सङ्ख्या बढी भएकाले अर्थतन्त्रले कसरी धान्छ ?’

    यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीको नेता शरत्सिंह भण्डारीले संविधानलाई पूर्णता दिएर अगाडि बढ्नुपर्ने बताए । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आर्थिक, राजनीतिक र सामाजिक समस्या समाधान गर्न सबै एक ठाउँमा उभिनुपर्ने बताए ।

    नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जीता श्रेष्ठले टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिइनुपर्ने र बन्दी जीवन बिताइरहेका रेशम चौधरी लगायतलाई रिहाइ गरिनुपर्ने माग राखिन्। पहिचानसहितको प्रदेश खोज्दा जेल जानुपर्ने अवस्था सिर्जना भएको गुनासो गर्दै उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरिन् ।

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रियताका विषयमा सबै दल गम्भीर हुनुपर्ने बताए । उनले जनअपेक्षाअनुसार काम गर्न आग्रह गर्दै पूर्वाधार विकासका क्रममा विस्थापित जनताको पुनःस्थापनामा सरकारको ध्यान जानुपर्ने बताए ।

    स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा हुँदा खाने र हुने खाने सबैले काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने आजको आवश्यकता रहेको बताए । उनले भने, “देशको अर्थतन्त्र जर्जर अवस्थामा छ, यो विचौलियाको चपेटामा परेर भएको हो, राजनीतिमा सिद्धान्त, आदर्श र समर्पण चाहिन्छ । जनतालाई शिक्षा र स्वास्थ्य, किसानलाई मल र बीउ चाहिएको छ ।”

    स्वतन्त्र सांसद प्रभु साहले राष्ट्रिय समस्या समाधान गर्न राष्ट्रिय एकता आवश्यक अपरिहार्य भएको बताए । उनले भने, “जबसम्म बलियो स्थायी सरकार बन्दैन तबसम्म समस्या समाधान हुँदैन ।

    त्यसैले आग्रह पूर्वाग्रह छोडेर अहिले पनि देशका लागि राष्ट्रिय एकता आवश्यक छ । यो सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाउन सक्छौँ । एजेन्डामा छलफल गरेर एकताबद्ध हुन सक्छौँ । उनले मुलुकको वर्तमान समस्यालाई समाधान गर्न सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

    अर्का स्वतन्त्र सांसद योगेन्द्र मण्डलले जनजीविकासँग जोडिएको कृषिलाई आधुनिकीकरण गरी उत्पादन वृद्धि गर्न लाग्नुपर्नेमा जोड दिए । उनले शिक्षा क्षेत्रलाई सुधार गर्न योजनाबद्ध कार्यक्रम आवश्यक रहेको भन्दै सरकारी विद्यालयको स्तर उकास्नुपर्ने बताए । बेरोजगारीको समस्या समाधान गर्दै मुलुकको आर्थिक क्षेत्रलाई टेवा पु¥याउन कृषि, शिक्षा र पर्यटनलाई प्राथमिकतामा काम गर्नुपर्ने उनले खाँचो रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend