logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • सरकारलाई विश्वासको मत दिने वा नदिने निर्णय सचिवालय बैठकले गर्छ : माधव नेपाल

    सरकारलाई विश्वासको मत दिने वा नदिने निर्णय सचिवालय बैठकले गर्छ : माधव नेपाल

    1.5K
    Shares
    सरकारलाई विश्वासको मत दिने वा नदिने निर्णय सचिवालय बैठकले गर्छ : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको बताएका छन् । सोमवार संसद बैठकपछि संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समिकरणमा जाने रुचि नभएको जानकारी दिए । उनले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताए ।

    उनले भने,‘सरकारलाई विश्वासको मत दिने नदिने विषयमा मंगलवार बिहान सचिवालयको बैठक बस्दैछौं । सचिवालय बैठकमा निर्णय गर्छौं । सत्ता समिकरणमा जाने हाम्रो रुचि छैन । अहिले हामी के गर्ने भन्ने विषयको छलफलमा नै छौं । हामी विचार मिल्ने दलहरुसँग छलफल संवाद गर्दै मिलेसम्म मोर्चा समेत बनाउँछौं । विचार सिद्धान्त सबै मिल्यो भने एकतावद्ध भएर जानसक्छौं ।’ उनले आफ्नो पार्टीसँग विचार सिद्धान्त मिल्नेहरुसँग सहकार्य र एकताको लागि छलफल र संवादलाई खुला राखेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend