काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ । महन्थ ठाकुर नेतृत्वको लोसपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो ।
सरकारमा जाने जाने बारे पार्टीले अहिले कुनै निर्णय नगरेको अध्यक्ष ठाकुरले बताए ।
उनले भने, ‘प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने हामी निर्णय गरेका छौँ, आज उहाँलाई विश्वासको मत दिन्छौँ ।’