काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।
कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को लेखापरिक्षक कार्य प्राविधिक कारणले ढिलाई भएकाले वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न असमर्थ रहेको जानकारी दिएको हो ।
कम्पनीले आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।