काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकका लागि सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवा संसद भवन नयाँ बानेश्वर पुगेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलवार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यसूची रहेकाले त्यसअघि कांग्रेसको बैठक बस्दैछ ।
कांग्रेस संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत दिने–नदिनेबारे निर्णय गर्नेछ । बिहान ९ बजे बोलाइएको संसदीय दलको बैठक ढिला गरी शुरू हुन लागेको छ ।
देउवाले पदाधिकारीसँग परामर्श गर्नमा समय खर्चिएकाले ढिला भएको छ । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेसम्म सारिएको छ ।